त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बिमान दुर्घटनाग्रस्त
March 12th, 2018 | Post by :- | 137 Views

काठमाडौं l त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको बीएस २११ कल साइनको एयर क्राफ्ट दुर्घटनामा परेको छ l दुर्घटना पछि भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सेना र वारुण यन्त्रको सहयोगमा करीब  एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो । विमानबाट १४ जनाको उद्दार गरिएको बताइएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ ।

विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार थिए ।  अन्य यात्रुबारे जानकारी आउन बाँकी रहेको छ ।