आफु परिवर्तनका लागि प्रधानमन्त्री भएको : प्रधानमन्त्री केपी शर्मा ओली
March 11th, 2018 | Post by :- | 95 Views

काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा आज विश्वासको मत मागेका छन्। संसदलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुनका लागिमात्र नभई परिवर्तनका लागि प्रधानमन्त्री भएको बताएका छन्।

उनले प्रतीपक्षी नेपाली कांग्रेसले पनि आफ्नो पक्षमा मत दिन सक्ने बताए। विश्वासको मतका विषयमा अहिले सांसदहरुले बोल्ने क्रम जारी छ।

प्रधानमन्त्री नियुक्त भएको २४ दिनपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।