विद्या भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता
March 7th, 2018 | Post by :- | 21 Views

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् ।

समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।