‘प्रदेशको समृद्धि पेट्रोल’
February 7th, 2018 | Post by :- | 10 Views
QR:  ‘प्रदेशको समृद्धि पेट्रोल’

दैलेख : दैलेखमा रहेको पेट्रोलियम खानी प्रदेश ६ को आम्दानीको मुख्य स्रोत बन्ने विषयमा जिल्लामा बस सुरु भएको छ। जिल्लाका तीन स्थानमा भेटिएको पेट्रोलियम पदार्थको खानी प्रदेश सरकारले प्राथमिकतामा राखेको अवस्थामा समृद्धिमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन्।

अब बन्ने प्रदेश सरकारले ती खानी उत्खननलाई पहिलो प्राथमिकता दिनुपर्ने स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र वुद्धिजीवीको भनाइ छ। दैलेखको पेट्रोलियम खानी नै प्रदेशको समृद्धिको मुख्य आधार रहेको उनीहरूको दाबी छ।

विगतदेखि दुल्लु नगरपालिका क्षेत्रमा रहेका पेट्रोलियम खानीको खोज अनुसन्धान हुँदै आए पनि नयाँ प्रदेश सरकारले प्राथमिकतामा राख्न सके त्यो विकासको कोसेढुंगा सावित हुन सक्ने जनप्रतिनिधिको भनाइ छ। लगानीका हिसाबले धेरै खर्च गर्नुपर्ने भए पनि ती खानीबारेमा प्रदेश सरकारको चासो देखिनुपर्ने उनीहरू बताउँछन्। सँगै ऐतिहासिक एवं पुरातात्विक वस्तुको संरक्षण संवद्र्धन गरी अघि बढ्नुपर्ने दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए।