नेपाल भारत प्रबुद्ध समुहको बैठक निष्कर्षबिहिन
January 12th, 2018 | Post by :- | 215 Views

नयाँ दिल्ली । नेपाल भारत प्रबुद्ध समुहको बैठक भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको छ । नेपाल भारत बीच भएको १९५० को सन्धि, सिमा बिबाद, ब्यापार प्रर्बधनको बिषयमा कुराकानी हुने बताए पनि हिजो भएको बैठकमा कुनै पनि बिषयमा छलफल नभएको बताइएको छ ।

समुहको आजको बैठकमा भने दुबै पक्षले आ आफ्नो एजेण्डा आज प्रस्तुत गर्ने बताईएको छ । नेपाल भारत प्रबुद्ध समुहको यो छैटौं बैठक हो । नेपाल र भारत बीच रहेका कयौं असमझदारीलाई हल गर्न यो समुहको प्रत्येक बैठक असफल हुँदै आएको छ ।

प्रबुद्ध समुहको नेतृत्व नेपालबाट पुर्व मन्त्री भेष बहादुर थापा र भारतबाट भारतीय जनता पार्टीका नेता एबम सांसद भगत सिंह कोशीयारीले गरेका छन ।