आज पृथ्वी जयन्ती पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदै
January 11th, 2018 | Post by :- | 31 Views
QR:  आज पृथ्वी जयन्ती पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदै

काठमाडौं । आज पृथ्वी जयन्ती पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई  राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ । लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।