तामाङ समाजलाई दिग्भ्रमित पार्ने पात्रोको बिरुद्ध अदालत जाने अजितमान तामाङको चेतावनी
January 11th, 2018 | Post by :- | 24 Views
QR:  तामाङ समाजलाई दिग्भ्रमित पार्ने पात्रोको बिरुद्ध अदालत जाने अजितमान तामाङको चेतावनी

काठमाडौं । नेपाल तामाङ घेदुङका बरिष्ठ उपाध्यक्ष अजितमान तामाङले आफुलाई कारबाही गरेर देखाउन नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेलाई चुनौती दिएका छन ।

आफुलाई कारबाही गर्ने बारे आधिकारिक जानकारी नभए पनि सञ्चारमाध्ययम मार्फत कारबाहीको जानकारी पाएको प्रतिक्रिया दिदै तामाङले माघ ४ गते नै तामाङहरुले सोनाम ल्होछार मनाउनु पर्ने अडान दोहोर्याएका छन ।

तामाङले तामाङ समुदायलाई फुटाउने गरी प्रकाशित झुठो पात्रोको बिरुद्ध अदालत जाने सम्मको चेतावनी दिएका छन । तामाङ समाजलाई दिग्भ्रमित पार्ने र बिभाजित गराउने पात्रोको बिरुद्ध उजुरी दिने तयारी गर्देछु उनको भनाई थियो ।