आदिबासी जनजाती महासंघद्धारा पृथ्वी जयन्तीको बिरोध
January 11th, 2018 | Post by :- | 215 Views

काठमाडौं । पृथ्वी जयन्तीमा सार्बजनिक बिदा दिने निर्णयको नेपाल आदिबासी जनजाती महासंघले सरकारको बिरोध गरेको छ । जनजाती महासंको अध्यक्ष जगत बरामले प्रेस बिज्ञप्ति जारी गर्दे पृथ्वी जयन्तीको अबसरमा बिदा दिने निर्णयको बिरोध गरेको हो ।

बरामले बिगतका सरकारले कटौती गरेको पृथ्वी जयन्तीको बिदा पुन: दिएको भन्दै आपत्ति जनाएको छ । सरकारले २०६२/६३ को जनआन्दोलन पछि पृथ्वी जयन्तीको बिदा कटौती गरेकोमा यस बर्ष देखि यस दिनलाई राष्ट्रिय एकता दिबस भन्दै सार्बजनिक बिदा दिने भएको छ ।