माघ ४ गते ल्होछार मनाउने बिषयमा घेदुङ पछि हट्नु ठुलो षडयन्त्र : बिर बहादुर योञ्जन
January 10th, 2018 | Post by :- | 2667 Views

काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङले माघ ४ गते सोनाम ल्होछार मनाउन सम्पुर्ण तयारी पुरा भएको बताएको छ । नेपाल तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष बिर बहादुर योञ्जनले तामाङहरुको महान सांस्कृतिक पर्ब सोनाम ल्होछार माघ ४ गते नै मनाउन सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन ।

तामाङहरुको बर्ग माघमा फेरिने हुँदा कुनै भ्रममा नपरी सम्पुर्ण तामाङहरुले माघ ४ गते नै सोनाम ल्होछार मनाउनुपर्ने उनको दाबी छ । योञ्जनले केही तामाङ गुरु र अगुवाहरुले ल्होछार बारे भ्रम फैल्याउने प्रयत्न गरेको आरोप लगाउदै माघमा सोनाम ल्होछार मनाउने प्रचलनलाई सिमित ब्यक्तिको आकांक्षाले परिबर्तन गर्न नसकिने बताए ।

उनले माघ ४ गते ल्होछार मनाउने बिषयमा नेपाल तामाङ घेदुङ पछि हट्नुमा ठुलो षडयन्त्र लुकेको समेत खुलाए । तामाङहरुले २५ बर्ष देखि मान्दै आएको पर्ब एक्कासी कसैको स्वार्थ पुर्तिका निम्ति १५ दिनमा फेर्न नसकिने र तामाङ समुदायले त्यो स्वीकार गर्न नसकिने पनि उनले बताए ।

तामाङ समुदाय भित्र ल्होछारको बिषयको भ्रम हटाउन सर्बपक्षिय गोष्ठीको आयोजना गरी समाधान खोज्नुपर्ने पनि उनले बताए ।